images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप...

नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन

नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं। बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले  फेरि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ। आज दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट केन्द्रीय बैंकले यो रकम संकलन गर्ने तयारी गरेको छ।

    images
    images

    तरलता व्यवस्थापनलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरणको प्रयोग गरिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग लगाउन सक्ने गरी बोलकबोल गर्न सक्नेछन्।राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन २१ दिनको अवधि सम्मको हुनेछ, जसको साँवा तथा ब्याज फागुन २५ गते भुक्तानी गरिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन्।

    बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत रूपमा नबढ्दा तरलता प्रशस्त रहेको छ। यस्तै परिस्थितिमा बैंक तथा वित्तीय संस्थाहरू न्यून ब्याजदरमा केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्। हाल बैंकहरू ३ प्रतिशतभन्दा कम ब्याजदरमै निक्षेप दिन बाध्य भइरहेका छन्, जसले वित्तीय प्रणालीमा तरलता व्यवस्थापनको चुनौतीलाई झल्काउँछ।नेपाल राष्ट्र बैंकको यो कदम बैंकिङ प्रणालीलाई सन्तुलित बनाउन तथा मौद्रिक स्थिरता कायम गर्न महत्वपूर्ण ठहरिन सक्छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend