images

२०८३ आश्विन ३० गते

images
images
images

फागुन महिनामा बैंक र वित्तीय संस्थाहरू २१ दिन खुल्ने

फागुन महिनामा बैंक र वित्तीय संस्थाहरू २१ दिन खुल्ने

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । फागुन महिनामा बैंक र वित्तीय संस्थाहरू ८ दिन बन्द रहने भएका छन्। यो महिनामा सार्वजनिक बिदा र शनिबारका छुट्टिहरूसहित, बैंकहरूले २१ दिन मात्र सेवा प्रदान गर्ने छन्।

    images
    images

    फागुन महिनामा सार्वजनिक बिदा ४ दिन परेको छ, जसमा ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, १४ गते महाशिवरात्रि, १६ गते ग्याल्पो ल्होसार, र २९ गते फागु पूर्णिमा ९होली० परेको छ। यस्तै, शनिबारका ४ दिन ९३, १०, १७ र २४ गते० पनि बिदा हुनेछन्।

    फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिदा रहने भए पनि यो दिन शनिबार परेको कारण १ दिनको बिदा घटेको छ। यसो हुँदा बैंकहरूले केवल २१ दिन मात्र पूर्ण सेवा दिने छन्।

    images
    images

    शनिबार र अन्य सार्वजनिक बिदाका दिन सरकारी कार्यालय, शेयर बजार र बीमा कम्पनीहरूको सेवा पूर्ण रूपमा बन्द रहनेछ, भने वाणिज्य र विकास बैंकहरूले आंशिक रूपमा सेवा दिन जारी राख्नेछन्।

    बैंकहरूले आफ्नो सेवा समय र शाखा अनुसार सुविधाजनक र अनुकूल सेवाग्राहीहरूलाई उपयुक्त सुविधा प्रदान गर्नेछन्।  फागुन महिनामा बैंक सेवाहरूको समय तालिका केही सिमित भए पनि, ग्राहकहरूको आवश्यकताअनुसार सेवा उपलब्ध गराइने बैंकहरूले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend