images

२०८३ आश्विन ३० गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्रा सस्तिएका छन्। 

    images
    images

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनार सहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको हो। अन्य मुद्राको दाँजोमा कुबेती र बहराइन दिनारको मूल्यमा भने निकै गिरावट आएको छ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २३ पैसा छ।

    images
    images

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ २७ थियो। 

    यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिले सम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ३३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९५ पैसा थियो। 

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९८ पैसा थियो। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा थियो। 

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ७१ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २७ पैसा थियो। 

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ७९ रुपैयाँ ३३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ११ पैसा थियो।

    सबै विदेशी मुद्राको सूची

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend