images

२०८३ आश्विन ३० गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    images
    images

    आज अमेरिकी र बहराइन दिनार बाहेक धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती दिनारसहितका मुद्राको विनियमदर आज घटेको हो। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ। 

    images
    images

    हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

    यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया १६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ७८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५२ पैसा थियो। 

    त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९८ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४  रुपैयाँ ५९ पैसा थियो। 

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७० र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा थियो।

    त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा  थियो। 

    त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा थियो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend