images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी कल सेन्टर”...

महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागतरुपमा  उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो ।

    images
    images

    बैंकले सञ्चालनमा ल्याएको “महालक्ष्मी कल सेन्टर” बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरुको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरू सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङ सम्बन्धी आइपर्ने प्राविधिक समस्याहरूको सम्बोधन गर्ने, ग्राहकहरूबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडी बढाउने लगायतका कार्यहरू गर्नेछ । बैंकले एक निश्चित समय भित्र कल सेन्टर मार्फत आएका गुनासो-जिज्ञासा-उजुरीहरूको सम्बोधन गर्नेछ ।

    यस अन्तर्गत ग्राहकहरूले फोन नम्बर ०१–५९७०९७३ मा सिधा सम्पर्क गर्न सक्नेछन् वा इमेल ठेगाना helpdesk@mahalaxmibank.com.np मा इमेल गर्न सक्नेछन् । यसबाट ग्राहकहरूको समस्याहरूको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend