काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा इमर्जिङ्ग एसिया अवार्ड जित्न सफल भएको छ ।आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको “इमर्जिङ्ग एसिया अवार्डमा” तीन विधामा अवार्ड जित्न सफल भएको हो ।कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड, र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्ड जित्न सफल भएको छ ।
कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रूपमा सहभागी भएका थिए ।
साथै, जिम विचर्ड, डा. राजीव सिंह, डाइरेक्टर जनरल(डी.जी.) आइसिसी, अतनुसेन, जिम विचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पी. डब्ल्यु. सी. लगायतको उपस्थिति रहेको थियो ।




.gif)





