images

२०८३ आश्विन ३० गते

images
images
images

सिद्धार्थ बैंकले मधेश प्रदेशमा आयोजना गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

सिद्धार्थ बैंकले मधेश प्रदेशमा आयोजना गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले मधेश प्रदेशमा विप्रेषण प्रापक र सम्भावित वैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बिफक्याप नेपालको व्यवस्थापनमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कुल १०३ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट वित्तीय साक्षरता तालिम प्राप्त प्रशिक्षक सुमनराज सुवेदीले प्रस्तुति दिए ।

    images
    images

    बैंकले लक्षित वर्गलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तिकरणमा योगदान पुर्‍याउन सो कार्यक्रम सञ्चालन गरेको हो।२०८१ साल माघ २१ गते बाराको जीतपुर सिमरा उपमहमानगरपालिका वडा नम्बर १५ डुमरवानामा विप्रेषण प्रापकहरूलाई लक्षित वित्तीय साक्षरता कार्यक्रममा स्थानीय महिला तथा पुरुषहरु गरी कुल ५१ जनाको सहभागिता रहेको थियो भने २०८१ साल माघ २२ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ बेल्वा स्थित नौकाटोलामा सम्भावित वैदेशिक रोजगारीमा जाने युवाहरूलाई लक्षित वित्तीय साक्षरता कार्यक्रममा कुल ५२ जना स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रममा लक्षित वर्गमा वित्तीय सेवा सम्बन्धी ज्ञान, बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानी, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, विप्रेषण पठाउने माध्यम, बचत र लगानी, गुनासो व्यवस्थापन आदि विषयमा जानकारी दिइएको थियो।बैंकले वित्तीय साक्षरतालाई सधै प्राथामिकतामा राखी विभिन्न लक्षित समूहहरूलाई वित्तीय साक्षरता कार्यक्रम र बैंक शाखा भ्रमण गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend