images

२०८३ आश्विन ३० गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • काठमाडौंः नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

    images
    images

    बिहीबार र शुक्रबार अहिले सम्मकै सबैभन्दा महँगो मूल्यको रेकर्ड बनाएको अमेरिकी डलरको मूल्य आज घटेको छ। 

    त्यसैगरि आज युरो, कुबेती र बहराइन दिनार सहितका मुद्रा पनि सस्तिएका छन्। तर, अस्ट्रेलियन डलर, पाउन्ड लगायतका केही विदेशी मुद्राको मूल्य भने बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ। 

    images
    images

    नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिले सम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५२ पैसा छ।  त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४  रुपैयाँ ५९ पैसा छ।

    आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७० र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा छ। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा छ।  त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा छ।

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend