images

२०८३ आश्विन ३० गते

images
images
images

दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबिच सम्झौता, किसानलाई सहजै कर्जा पाउने

दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबिच सम्झौता, किसानलाई सहजै कर्जा पाउने

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौँ ।  प्रभु विकास बैंक लिमिटेड र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडबिच सम्झौता भएको छ । 
    किसानहरूलाई सहजै कर्जा उपलब्ध गराउने उद्देश्यले कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेकको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोह उक्त बैंक र सङ्घबिच उक्त सम्झौता भएको हो । 

    images
    images

    किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट अध्यक्ष किशोर बगाले र प्रभु बैंकका तर्फबाट प्रदेश प्रमुख साङ्ग्रिला श्रेष्ठले हस्ताक्षर गरे । ग्राहकहरूको रोजाईको अग्रणी बैंक मानिएको प्रभु बैंक ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित बैंक हो । 

    बैंकले नेपालभर ३११ शाखा कार्यालयहरू, २८४ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । 

    images
    images

    अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको बैंकको दावी छ । साथै प्रभु बैंक फिनाकल इन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend