images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • नबिल बैंकले काठमाडौं उपत्यकासहित ११२ ठाउँको...

नबिल बैंकले काठमाडौं उपत्यकासहित ११२ ठाउँको जग्गा बेच्ने (सूचीसहित)

नबिल बैंकले काठमाडौं उपत्यकासहित ११२ ठाउँको जग्गा बेच्ने (सूचीसहित)

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा जग्गा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको एक सय १२ ठाउँको जग्गा बिक्री गर्ने भएको हो ।

    images
    images

    बैंकको आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलकबोलमार्फत बिक्री गर्ने लागेको हो । खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र बैकको केन्द्रीय कार्यालयमा सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

    बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फाराम नबिल बैंक लिमिटेडको कर्जा असुली विभाग, बिजुलीबजार, काठमाडौंबाट कार्यालय समय भित्र खरिद/प्राप्त गर्न सकिनेछ । बोलपत्र बुझाउने अन्तिम दिन बैंक बिदा भएमा बिदाको लगत्तै बैंक खुलेको दिनमा समेत उक्त दिनको ३ बजे बैंकिङ्ग समय भित्र तोकिएको स्थानमा बोलपत्र बुझाउन सकिनेछ । त्यस्तै बोलपत्र खोल्ने दिन बैंक बिदा भएमा बिदाको लगत्तै बैंक खुलेको दिन दिउसो ३ः०० बजे बोलपत्र खोलिनेछ ।

    images
    images

    लिलाम गर्न लागिएको सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गरिलिने गरी बोलपत्र पेश गर्नु पर्नेछ । एक भन्दा बढी सम्पत्ति विक्रीको हकमा बोलपत्र पेश गर्दा कुन कुन सम्पत्तिको लागि के कति बोलकबोल गर्न खोजिएको हो स्पष्ट खुलाई पेश गर्नुपर्नेछ । बैंकले सबै वा कुनै वा आंशिक रूपमा समेत स्वीकार गर्न सक्नेछ, यस सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार बैंकमा निहित रहनेछ ।

    बोलपत्रमा आफूले सकार गरी लिन चाहेको सम्पत्ति के कति रकममा खरिद गरी लिन चाहेको हो सो को अंक तथा अक्षरमा स्पष्टसँग लेखिएको हुनु पर्नेछ र आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटी बापत यस बैंकको जुन सुकै शाखामा रकम जम्मा गरी सो को सक्कल भौचर वा अन्य बैंक वित्तीय संस्थाको ड्राफ्ट/गुड फर पेमेन्ट चेक/मेनेजर/बैंकर्स चेक समेत बोलपत्र साथ समावेश गरी पेश गर्न सकिनेछ । धरौटी स्वरूप जम्मा गरिएको रकममा व्याज नदिने बैंकले जनाएको छ ।

    बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार बैंकमा सुरक्षित रहनेछ । रीत पुर्‍याइन दर्ता हुन आएको बोलपत्रउपर कुनै कारबाही हुने छैन । इच्छुक व्यक्ति/फर्म/संस्थाले बैंकको कर्जा असुली विभागमा सम्पर्क गरी बोलपत्र फारम लिन सक्ने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend