images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • पाथीभरा केबलकारको विषय जोडेर ग्लोबल आईएमई...

पाथीभरा केबलकारको विषय जोडेर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत हो : राष्ट्र बैंक

पाथीभरा केबलकारको विषय जोडेर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत हो : राष्ट्र बैंक

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं ।नेपाल राष्ट्र बैंकले पाथीभरा केबलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत भएको जनाएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत व्यक्तिगत विषयमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंकलाई जोड्नु गलत भएको बताएका हुन् ।

     लेखेका छन् ‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक, ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुँदा राम्रो’। 

    images
    images

    अहिले पाथीभरा केबलकारको विरोधमा रहेको समूहले सामाजिक सञ्जालमार्फत आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल भएको र उनको नेतृत्त्वमा ग्लोबल आइएमई बैंक रहेको भन्ने आधारमा ग्लोबल आईएमई बैंकको खाता बन्द गर्ने, पैसा झिक्न भन्दै अभियान चलाइरहेका छन् । 

    ग्लोबल आइएमई बैंकमा ४८.७६ प्रतिशत लगानी सर्वसाधारणको रहेको छ । विभिन्न व्यक्ति तथा संस्थाको ०.५२ प्रतिशतदेखी ४.७४ प्रतिशतसम्म सेयर स्वामित्व छ । पब्लिक कम्पनी रहेको ग्लोबल आइएमई बैंकमा हजारौंको संख्यामा लगानीकर्ताको सेयर छ ।

    पुस मसान्तको वित्तीय विवरण अनुसार ग्लोबल आईएमई बैंक ३ अर्ब ५ करोड नाफासहित दोस्रो सर्वाधिक नाफा कमाउने बैंकको रुपमा रहेको छ ।  बैंकको नाफा यो अवधिमा झन्डै ४९.५१ प्रतिशतले बढेको छ  ।  अन्य सबैजसो सूचक सामान्य अवस्थामा देखिन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend