काठमाडौं, २४ माघ । कार्ड प्रयोग गरेर एटिएमबाट नगद निकाल्दा कुनै प्राविधिक समस्याको कारणले नगद निस्कन नसक्दा पनि कहिलेकाहीँ खाताबाट मौज्दात घटन सक्छ । यस्तो अवस्थामा रकम फिर्ताका लागि ग्राहकले खबर गरेमा वा नगरेमा देहाय बमोजिमको अवधि भित्र ग्राहकको खातामा रकम हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ ।
अर्थात तल उल्लेखित समय भित्र बैंकले ग्राहकको खातामा पैसा फिर्ता गर्नुपर्छ । बैंकले समयमा फिर्ता नगरेको खण्डमा तपाईले बैंकमा जानकारी गराउने र बैंकले अझै काम नगरे राष्ट्र बैंकमा उजुरी गर्न सक्नुहुनेछ ।
- (क) कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम एउटै संस्थाको भएमा कारोबार भएपछिको एक दिन भित्र
- (ख) कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछि तीन दिन भित्र
- (ग) कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम फरक संस्थाको भइ कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछि तीस दिन भित्र
उपयुक्त समय सीमा भित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग गर्ने दुवै संस्थाको हुन्छ । यस सम्बन्धी थप जानकारी आवश्यक भएमा सम्बधित संस्थामा सम्पर्क गरौँ ।
नियामकीय व्यवस्था प्रति जानकार रही वित्तीय कारोबार गरौँ ।
श्रोतः नेपाल राष्ट्र बैंक




.gif)





