images

२०८३ आश्विन ३० गते

images
images
images

तरलता धेरै भएपछि आज पनि बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक

तरलता धेरै भएपछि आज पनि बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौँ  । बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार फेरि ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।बजारमा आवश्यकभन्दा धेरै पैसा (तरलता) भएको भन्दै त्यसलाई कम गरेर ठिक्क बनाउन राष्ट्र बैंकले आज उल्लिखित रकम निकाल्न लागेको हो ।

    images
    images

    अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २० दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको सूचनामा उल्लेख छ ।

    निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिन्छ ।निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    करिब डेढ वर्षयता राष्ट्र बैंकले नियमित रुपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत् बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज पनि पैसा निकाल्न लागेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend