images

२०८३ आश्विन १९ गते

images
images
images

बुधवारदेखि नेशनल हाईस्कुल च्याम्पियनसिप

बुधवारदेखि नेशनल हाईस्कुल च्याम्पियनसिप

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौंः  ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रुपमा आयोजना भैरहेको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधवार देखि माघ २६ गते शनिवार सम्म  लोअर मुलपानी क्रिकेट ग्राउडमा सञ्चालन हुने भएको छ  ।  आयोजक संस्थाले मंगलवार साँझ काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो प्रतियोगिता आगामी माघ २६ गते शनिवार सम्म सञ्चालन हुने जानकारी गराइएको छ ।

    images
    images

    यो प्रतिष्ठित प्रतियोगितामा देश भरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उप–विजेता टिम गरि कुल आठ वटा टीमले प्रतिस्पर्धा गर्दैछन् ।

    पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो प्रतियोगिताको राष्टिय फाइनलमा प्रतिस्पर्धी गर्ने टोलीहरूमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमी छन्  ।  यस वर्ष विभिन्न कठिनाइहरूका कारण सुर्खेत छनोट आयोजना हुन नसकेको आयोजक संस्थाले जनाएको छ ।

    images
    images

    हाइप येति इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता तथा  व्यवस्थापक कपिल भण्डारी हुन् । प्रतियोगितामा ई–प्लानेट (शीर्ष प्रायोजक), रुटिन अफ नेपाल बन्द (डिजिटल पार्टनर), खेल पाटी (प्रसारण पार्टनर), विकेट नेपाल (मिडिया पार्टनर) तथा यति एयरलाइन्सको ‘गिभन विङ्स’ (यात्रा पार्टनर) को साथ रहेको छ ।

    माघ २६ सम्म चल्ने यस प्रतियोगिताले नेपालका उत्कृष्ट विद्यालय स्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend