images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्र प्रवेश गर्ने...

खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्र प्रवेश गर्ने सवारी साधनले प्रतिसिट ५० रुपैयाँ तिर्नुपर्ने

खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्र प्रवेश गर्ने सवारी साधनले प्रतिसिट ५० रुपैयाँ तिर्नुपर्ने

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र प्रवेश गर्ने सवारी साधनको लागि शुल्क तोकेको छ । गाउँपालिकाले सडक मर्मत सम्भार बापतको शुल्क भन्दै सवारी साधनकाे लागि शुल्क तोकेको हाे ।

    images
    images

    गाउँपालिकाले एक सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ र सडक मर्मत सम्भार शुल्क ढुवानी साधन (प्रति क्विनटल) प्रति पटक १० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने छ ।

    गाउँपालिकाको आर्थिक ऐन, २०८१ को दफा १३ एवम् अनुसूची १२ मा व्यवस्था भए अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्र भित्र प्रवेश गरी संचालन गर्ने सवारी साधन सेवा शुल्क तोकेको गाउँपालिकाले जनाएको छ ।

    images
    images

    सेवा शुल्क पालिकाको वडा नं। १ खरिखोलामा अवस्थित नगर प्रहरी पोष्टमा बुझाउन समेत अनुरोध गरेको छ ।सगरमाथा क्षेत्र सोही गाउँपालिकामा पर्दछ । अब सगरमाथा क्षेत्र प्रवेश गर्ने सवारी साधनले प्रतिसिटको हिसाबले रकम गाउँपालिकालाई तिर्नुपर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend