images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • बुद्ध जन्मस्थल लुम्बिनीसम्म निःशुल्क बिजुली बस...

बुद्ध जन्मस्थल लुम्बिनीसम्म निःशुल्क बिजुली बस सञ्चालन

बुद्ध जन्मस्थल लुम्बिनीसम्म निःशुल्क बिजुली बस सञ्चालन

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं ।  लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सेवा थप सञ्चालन गर्ने भएको छ। गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ।

    images
    images

    बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रीहरूको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदह र रामग्रामबाट सञ्चालन गरिने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए। उनका अनुसार देवदह शीतलनगरबाट मणिग्राम, भैरहवा बेलहिया विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बिजुली बस सञ्चालन गर्न लागिएको हो। 

    कोषाध्यक्ष भट्टराईका अनुसार साताको तीन दिन देवदह र तीन दिन बुद्धको अस्तुधातुस्थित रामग्रामबाट बिजुली बस सञ्चालन गर्नेगरी नयाँ रुट बनाइएको हो। कोषले बृहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रीलाई सेवा दिनेगरी बिजुली बस सञ्चालनमा ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर निःशुल्क सेवा प्रदान गर्दै आएको उनको भनाइ छ। 

    images
    images

    उनले धार्मिक क्षेत्रका स्थानीय पालिका, सामुदायिक सङ्गठन र सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी कोषको समयसापेक्ष नीतिसहित स्थानीयसँग लुम्बिनी कार्यक्रम अवधारणालाई व्यवहारमा ल्याउने प्रतिबद्धता समेत जनाएका छन्। लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँच वटामध्ये दुई बस 'धम्मयात्रा' लेखेर परीक्षणस्वरुप सञ्चालन गरिएको छ। रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend