images

२०८३ आश्विन १९ गते

images
images
images

ग्रामीण सडक व्यवस्थित नहुँदा जोखिमपूर्ण यातायात

ग्रामीण सडक व्यवस्थित नहुँदा जोखिमपूर्ण यातायात

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • उदयपुर । पहाडी क्षेत्रका ग्रामीण सडक ग्राभेलिङ तथा कालोपत्रे नहुँदा यातायात व्यवस्था जोखिमपूर्ण बन्दै गएको छ । विशेषगरी जिल्लाका चार गाउँपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन हुने यातायात व्यवस्था जोखिमपूर्ण रहेको हो ।

    images
    images

    रौतामाई गाउँपालिकाको मुर्कुची, पुवाँरे, डिल्लीबर माझखर्क सडक र लिम्चीङबुङ गाउँपालिकाको बासबोटे, माझखर्क, बलाम्ता र ताम्लिछा सडक ग्रामीण सडकको अवस्था नाजुक भएका कारण यातायात सञ्चालन समेत जोखिमपूर्ण भएको यातायात व्यवसायी एवं चालकहरूले गुनासो गर्दै आएका छन् ।

    जिल्लाको उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा तथा ताप्ली गाउँपालिकाको नुनथला पिपलभञ्ज्याङ, रूपाटार ठानागाउँ सडकखण्ड अहिलेसम्म पनि कालोपत्रे हुन नसक्दा सडक भत्किएको तथा ठूला खाल्डा परेको कारण यातायात सञ्चालन जोखिमपूर्ण रहेको यातायात व्यवसायी कुमार राउतले बताए ।

    images
    images

    रौता, मुर्कुची पुवाँरे डिल्लीबर सडकखण्डको २७ किलोमिटर २०६६ सालमा नै कच्ची सडक निर्माण भएको भए पनि त्यसपछिका दिनमा सडक खाल्डा परेको र ठाउँ–ठाउँमा भत्किएको र जीर्ण अवस्थामा रहेको कारण यातायात सञ्चालन जोखिमपूर्ण बन्दै गएको मुर्कचीका यातायात व्यवसायी रूद्रबहादुर मगरले बताए । उनका अनुसार ग्रामीण सडकमा समान्य लोड गाडी सञ्चालन गर्दा पनि धेरै जोखिम छ । ज्यान नै माया मारेर यातायात सञ्चालन गर्न बाध्य हुन परेको छ ।

    यस्तै रूपाटार, नुनथला पिलभञ्ज्याङ ग्रामीण सडकको २५ किलोमिटर सडक पनि जोखिमपूर्ण अवस्थामा रहेको ताप्लीका यातायात व्यवसायी जीवन तामाङ बताउँछन् । उनका अनुसार १५ वर्षअघिनै निर्माण भएको यस क्षेत्रका कच्ची सडकमा अहिलेसम्म पनि ग्राभेलिङ र कालोपत्रे भएको छैन ।

    वर्षौंदेखि यी सडकखण्डमा ठूला खाल्डा परेको, कतिपय सडकखण्ड भत्किएको र यसको पुनर्निर्माण समेत नभएको कारण यातायात व्यवसायीले ज्यान जोखिम मोलेर यातायात सञ्चालन गर्न बाध्य हुन परेको अर्का यातायात व्यवसायी जीतबहादुर मगर बताए ।

    उदयपुर गढी गाउँपालिकका अध्यक्ष मानबहादुर मगरका अनुसार जिल्लाको पहाडी क्षेत्रका चार गाउँपालिकाको झण्डै दुईसय ५० किलोमिटर हाराहारीका कच्ची सडकमा ग्राभेलिङ र कालोपत्रेको लागि प्रदेश सरकारसँग पनि पटक–पटक अनुरोध गरिसकिएको छ ।

    रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगर भन्छन्, “प्रदेश सरकारसँग ग्रामीण सडक व्यवस्थापनको लागि पटक–पटक बजेट विनियोजनको लाग अनुरोध गरिएको तर अझै समय लाग्ने कारण ग्रामीण सडक व्यवस्थित हुन सकिरहेको छैन ।”

    गाउँपालिकाको बजेटले मात्र ग्रामीण सडक व्यवस्थापन हुन असम्भव हुने भएकाले प्रदेश सरकारसँग बजेट सहयोगको माग गरिएको तर प्रदेशले एकैचोटी बजेट व्यवस्थापन गर्न नसकेको कारण ग्रामीण सडक ओझेलमा परिरहेको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विक बताउँछन् ।विसं २०६५ देखि २०६७ म्ममा उदयपुरको पहाडी गाउँपालिकामा झण्डै तीनसय किलोमिटर ग्रामीण सडकखण्ड निर्माण भए पनि अहिले १५ वर्ष बितिसक्दा पनि ग्राभेलिङ, तथा कालोपत्रे हुन नसकेको अवस्था छ ।

    ग्रामीण सडक जोखिमपूर्ण अवस्था र जीर्ण बन्दै गएपछि अहिले पहाडी क्षेत्रमा सञ्चालन हुने अधिकांश यातायात साधन जोखिमपूर्ण अवस्थामा सञ्चालन गर्न पर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ ।ग्रामीण भेगमा बिरामी लिन जान पर्दा एम्बुलेन्स सञ्चालनमा अवरोध हुने गरेको र एम्बुलेन्स चालकसमेत ज्यानको जोखिमका कारण पहाडी क्षेत्रमा जान नमान्ने गरेको मदन भण्डारी आँखा अस्पताल गाईघाटका अध्यक्ष तथा नेकपा (एमाले) उदयपुरका अध्यक्ष भागवत राउत बताउँछन् । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend