images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • पाँचौं टाइगर कप भलिबल माघ १२...

पाँचौं टाइगर कप भलिबल माघ १२ गतेदेखि पोखरामा हुने

पाँचौं टाइगर कप भलिबल माघ १२ गतेदेखि पोखरामा हुने

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं, ४ माघ, पोखरामा आगामी माघ १२ गते देखि सुरू हुने पाँचौं टाइगर कप महिला तथा पुरुष आमन्त्रित भलिबल प्रतियोगिताको उपाधि विजेताले ५ लाख ८५ हजार रूपैयाँ प्राप्त गर्ने भएका छन् ।

    images
    images

    काठमाडौंमा आयोजिता पत्रकार सम्मेलनमा महिला र पुरूष दुवै तर्फको पुरस्कार राशी ५ लाख ८५ हजार ५ सय ५५ रूपैयाँ घोषणा भएको हो । पुरस्कार राशी अघिल्लो संस्करण भन्दा वृद्धि भएको पनि जानकारी दिइएको थियो । अघिल्लो संस्करणमा उपाधि विजेतालाई ५ लाख ५५ हजार रूपैयाँ पुरस्कार थियो ।

    दोस्रो हुनेलाई २ लाख ८५ हजार ५ सय ५५ तथा तेस्रो हुनेलाई १ लाख ८५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार हुनेछ । उत्कृष्ट खेलाडीलाई २५ हजार ७ सय ७७ तथा विभिन्न विधातर्फ उत्कृष्ट हुनेलाई १० हजार ५ सय ५५ रूपैयाँ पुरस्कार हुनेछ ।

    images
    images

    यस प्रतियोगिताको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ । एनसेल सँग सुरूवाती चरणको सहकार्य भएकाले हाललाई एक वर्षको मात्र सम्झौता भएको छ । प्रतियोगिता भर १ करोड ५० लाख हाराहारीमा खर्च हुने जनाइएको छ ।

    प्रतियोगितामा महिला र पुरुष दुवैमा ६–६ टिमको सहभागिता रहनेछ । जसमा पुरूषतर्फ श्रीलंका र महिलातर्फ थाइल्याण्डबाट १–१ टिम आउने भनिएकामा श्रीलंकाको टिम नआउने भएको छ । अब भारतको कुरु क्षेत्रबाट सुनिल भलिबल क्लब आउने भएको छ ।

    तीन विभागीय टोली एपीएफ, पुलिस र आर्मीले महिला र पुरूष दुवैमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरूष तर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश सँगै भारतको सुनिल भलिबल टिम सहभागी हुनेछ ।

    महिला तर्फ तीन विभागीय टोली सहित न्यु डायमण्ड स्पोर्ट्स क्लब, टाईगर ग्रुप अफ पोखरा नेपाल र ट्राभल इन्क‍्वायरी युनाईटेड प्यासन भलिबल क्लब, थाईल्याण्डले खेल्नेछ ।

    कार्यक्रममा बोल्दै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले टाइगर ग्रुपको सहयोगले नेपाली भलिबलले थप उचाइ हासिल गर्न मद्दत पुगेको बताउँदै संघको तर्फबाट आवश्यक प्राविधिक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend