images

२०८३ आश्विन १९ गते

images
images
images

जाडोमा किन हातखुट्टा सुन्निन्छ? कसरी बच्ने?

जाडोमा किन हातखुट्टा सुन्निन्छ? कसरी बच्ने?

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । जाडोमा छालाको आद्र्रता (मोइस्चर)मा कमी हुने गर्छ। त्यसैले प्रायः मानिसमा छाला सुख्खा हुने समस्या हुन्छ। जाडोमा छाला सुख्खा हुनुमा शरीरको तापक्रम र वातावरणको तापक्रमसँग अन्तर सम्बन्धित हुन्छ। शरीरको तापक्रमभन्दा वातावरणको तापक्रम कम भएमा शरीर उक्त तापक्रमसँग समायोजित हुन खोज्छ। शरीर भित्र रहेको तापलाई बाहिर फाल्न थाल्छ। त्यसले तापसँगै शरीरमा पानीको मात्रा घट्न थाल्छ र छाला सुख्खा हुन्छ। 

    images
    images

    छालामा आएको सुख्खापनका कारण छाला चिलाउने, रातो डाबर आउने, पोल्ने जस्ता समस्या देखिन्छन्। जसलाई डर्माटाइटिस भनिन्छ। कुनै डर्माटाइटिस हुने कारण छालाको सुख्खापन मात्रै होइन। छालामा हुने एक प्रकारको रोग सोराएसिसले पनि हुन्छ। सोराएसिस जिनको खराबीको कारणले देखिने रोग हो। यो एक प्रकारको अटोइम्युन डिजिज पनि हो। मोटो मानिसमा तुलनात्मक रुपमा यो समस्या बढी देखिने गर्छ।

    जाडोमा सोराएसिसको समस्या बढ्ने गरेको पाइन्छ। पछिल्लो समय यस समस्याका लागि विभिन्न प्रकारका बायोलोजिकल इन्जेक्सनहरुको समेत प्रयोग हुने गरेको छ। यो जिनको खराबीका कारण हुने समस्या भएकोले खानपिनमा विशेष ध्यान दिनु आवश्यक छ। छाला रातो हुने, दाद जस्तो देखिने, सुक्खापन हुने र छालामा कत्ला देखिने समस्या हो। सुगर, थाइरोइड सम्बन्धी समस्या भएकाहरुमा यस्तो समस्या बढी देखिन्छ। जाडोमा धेरैलाई चाया–पोतोको समस्या देखिने गर्छ। जाडोमा छाला सुख्खा भएका कारणले चाया–पोतो आउने गर्छ।

    images
    images

    जाडोमा छालाको स्याहार कसरी गर्ने?
    – जाडोमा मौसममा अत्यधिक तातोपानीले नुहाउने बानी धेरैको हुन्छ। यसरी धेरै नै तातोपानीले नुहाउँदा छाला एकदमै सुख्खा हुने गर्छ। 
    – जाडोको समयमा बाक्लो खालको मोस्चराइजर क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ। यस्ता मोस्चराइजरले शरीरमा पानीको मात्रालाई नियन्त्रणमा राखिरहन्छ। 
    –नुहाइसकेपछि तुरुन्तै मोस्चराइजर क्रिम वा तेल लगाउनुपर्छ, जसले छालालाई सुख्खा हुनबाट केही मात्रामा बचाउँछ। 
    – बढी जाडो भयो भन्दैमा हिटरको नजिक धेरै समय बस्नु हुँदैन। कोठालाई न्यानो बनाउनका लागि भेन्टिलेसन भएको कोठाको कुनै कुनामा हिटर बाल्न सकिन्छ। 
    – जाडो छ भन्दैमा सन्सक्रिमको प्रयोग गर्न छोड्नु हुँदैन। 

    जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ?
    जाडोमा केही मानिसमा हात–गोडा सुन्निने, एलर्जी हुने चाया–पोतो आउने जस्ता समस्या देखा पर्छन्। त्यसमध्ये चिलब्लेन्स वा पोर्नियो भन्ने समस्याले पनि जाडो महिनामा दुःख दिने गर्छ। यसमा हात–गोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने जस्ता समस्या आउँछन्।

    कसरी जोगाउने?
    चिसोबाट जोगिनु नै पहिलो उपाय हो। चिसोमा बाहिर निस्किनु परेमा गोडामा मोजा तथा हातमा पन्जा लगाउनुपर्छ। चिसोबाट आएपछि एक्कासि आगोमा हात–गोडा सेक्नु हुँदैन। यस्तो अवस्थामा रक्त सञ्चार बढाउन लागि हात–गोडालाई मालिस गर्नु राम्रो मानिन्छ। मनतातो पानीमा हात–गोडालाई डुबाउने तथा लोसन तथा तेलको प्रयोग गरी मालिस गर्नुपर्ने हुन्छ। 

    चिसोमा किन बढी ओठ फुट्छ?
    जाडो मौसममा छाला सुख्खा हुने कारणले ओठ फुट्ने गर्छ। बाहिरको मौसम बढी चिसो हुने भएकोले छालामा रहेका ग्रन्थीहरुले तेलको मात्रा कम निकाल्छ। जसले ओठ तथा कुर्कच्चा सुख्खा भएर फुट्छ।  

    जोगिन के गर्ने?
    – मह, घिउ, नरिवलको तेलको प्रयोग गर्ने।
    – नियमित रुपमा पर्याप्त मात्रामा पानी पिउने। 
    – शरीरमा हावा छिर्ने भागमा चिल्लो पदार्थ दलेर नरम पार्ने। 
    – बाहिर निस्कनु अगाडि सधैं लिपबामको प्रयोग गर्ने। 
    – जाडोको समयमा क्रिम भएका सन्सक्रिमको प्रयोग राम्रो मानिन्छ। 

    कस्तो खानेकुरा खाने?
    – हरियो तरकारी तथा प्रोटिनयुक्त खानेकुराको प्रयोग गर्ने।
    – सन्तुलित मात्रामा दूधजन्य पदार्थको सेवन गर्ने। 
    – प्रशस्त मात्रामा पानी पिउने। 
    – रातो मासु तथा अल्कोहलको सेवन बढी नगर्ने।
    – ट्रान्स फ्याक्ट भएका खानेकुरा सेवन नगर्ने। 
    – बढी कार्बोहाइड्रेडको अधिक प्रयोग पनि छालाका लागि घातक हुन्छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend