दोलखा– सडक निर्माणलाई प्राथमिकता दिएको वैतेश्वर गाउँपालिकाको कार्यालयलाई पक्की सडक सञ्जालले जोडेको छ । ट्रयाक खोलेको ७ वर्ष नबित्दै गाउँपालिकाको केन्द्र जोड्ने नाम्दु-पाँडुडाँडा ३ किलोमिटर पक्की सडक निर्माण भएसँगै गाउँपालिकालाई मुख्य राजमार्गमा जोडेको छ ।
लामुसाँघु जिरी सडक खण्ड अन्तर्गतको नाम्दु बजारबाट गाउँपालिकाको कार्यालयको गेटसम्म कालोपत्रे तथा ढलान गर्ने कार्य मंगलबार सकिएसँगै पालिका कार्यालयसम्म पक्की सडक पुगेको हो ।
गाउँपालिकाको केन्द्र तोकिएपछि विस्तार सुरु गरिएको सो सडक खण्ड गाउँपालिका ओहोरदोहोर गर्ने मुख्य तथा छोटो मार्ग भएकाले पालिकाले प्राथमिकतामा राखेर निर्माण गरिरहेको वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले बताए।
पालिकाले पछिल्लो ३ वर्षको अवधिमा प्रत्येक वर्ष एक किलोमिटरको दरले कालोपत्रे तथा ढलान गर्न स्रोत जुटाएर ठेक्का तथा उपभोक्ता समितिमार्फत उक्त सडक निर्माण गरिँदै आएको अध्यक्ष लामाले जानकारी दिए ।




.gif)





