images

२०८३ आश्विन १९ गते

images
images
images

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आंशिक रूपमा सञ्चालनमा आउने

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आंशिक रूपमा सञ्चालनमा आउने

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौं । हेटौँडा बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्थानीयको विरोधपछि आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय भएको छ ।

    images
    images

    यसअघि सडक स्तरोन्नतिको कारण काठमाडौँको सडक डिभिजन कार्यालयले पुस ७ गतेदेखि माघ ६ गतेसम्म २४ सै घण्टा बन्द गर्ने निर्णय गरेको थियो । तर स्थानीयवासीको विरोधपछि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सडक बन्द गरिने र त्यस बाहेकका समय बिहान र बेलुका सञ्चालन गरिने सहमति भएको छ ।

    सडक डिभिजन कार्यालयका अनुसार पानी घाटदेखि चन्द्रागिरि भञ्ज्याङसम्मको खण्डमा स्तरोन्नतिको काम भइरहेकाले दिनको समयमा सवारी आवागमनमा रोक लगाइएको हो। वैकल्पिक मार्गको प्रयोग गर्न भनेको भए पनि यात्रु र चित्लाङ क्षेत्रमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा समस्या भएपछि स्थानीयले विरोध गरेका थिए ।

    images
    images

    थाहा नगरपालिका वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष रामकृष्ण कपालीले स्थानीयको गुनासो समाधान गर्न सडक डिभिजन कार्यालयसँग सहकार्य गरी बिहान र बेलुका सडक सञ्चालन गराउने सहमति जुटाएको जानकारी दिए ।उनका अनुसार अब बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुने र त्यसबाहेक अन्य समयमा सवारीसाधन सञ्चालनमा कुनै अवरोध नहुनेछ । उक्त निर्णयले यात्रु र स्थानीय कृषकलाई राहत मिलेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend