images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • एनसीएचएलको १६औं वार्षिकोत्सव,बढि कारोबार गर्ने संस्थाहरु...

एनसीएचएलको १६औं वार्षिकोत्सव,बढि कारोबार गर्ने संस्थाहरु सम्मानित

एनसीएचएलको १६औं वार्षिकोत्सव,बढि कारोबार गर्ने संस्थाहरु सम्मानित

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा ८ पौष, २०६५ मा एनसीएचएल नेपालमा विभिन्न  राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो । एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न एनसीएचएल इसीसीको शुरुवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो ।

    images
    images

    विगत १६ वर्षमा, एनसीएचएलल एनसीएचएल इसीसी,एनसीएचएल आइपीएस, रिटेयल पेमेन्ट स्विच, कनेक्ट आइपीएस, कर्पोेरेट पे, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस, नेपाल पे, इएफटी क्युआर र इएफटी सर्भिस कार्यान्वयन गर्दै आइरहेको छ । हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको कम्पनीको सभामा पेश गरिएको थियो ।

    उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्षको सहभागीता रहेको थियो ।  त्यस्तै, एनसीएचलका पूर्व अध्यक्षहरु तथा निवर्तमान सञ्चालकहरु, वर्तमान अध्यक्षहरु र सञ्चालकहरुको उपस्थिति रहेको एनसीएचएलले जनाएको छ ।

    images
    images

    वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गरेका तीन कर्मचारीहरूलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ । सम्मानित हुने मध्ये प्रमुख सञ्चालन अधिकृत – मुन्नी राज भण्डारी, प्रोडक्ट लीड – विष्णु प्रसाद धिताल तथा इनचार्ज कार्ड अपरेसन्स –वन्दना लुइँटेल रहेका छन् ।  

    एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १२ वटा विधामा सबै भन्दा बढि कारोबार गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई सम्मानित गरेको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट एनआईसी एशिया बैंक, गरिमा विकास बैंक र आइसीएफसी फाइनान्सलाई ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको थियो ।

     त्यसैगरी, ग्लोबल आईएमई बैंकलाई एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस् तथा एक्सिलेन्स इन मोबाइल बैंकिङ्ग तथा अल्टरनेट च्यानल अवार्डबाट सम्मानित गरिएको थियो । नबिल बैंक एक्सिलेन्स इन डिजिटाइजिंग बिज्नेसेस् विथ कर्पोरेटपे अवार्ड प्राप्त गर्न सफल भएको छ । नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई विशेष अवार्ड प्रदान गरिएको थियो ।
    त्यसैगरी नेपाल सरकारको विद्युतीय माध्यमबाट कारोबार गर्ने नीति अनुरुप गत आर्थिक वर्षमा एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटाइजेसन गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई पनि विशेष अवार्ड प्रदान गरिएको थियो । 

    सरकारी कारोबार बाहेक सबै भन्दा बढि कारोबार गरी सम्मानित हुने वाणिज्य बैक, विकास बैंक, फाइनान्स कम्पनी र भुक्तानी सेवा सञ्चालक÷ भुक्तानी सेवा प्रदायकमा क्रमशः ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक, गुडविल फाइनान्स र खल्ती प्राइभेट लिमिटेड रहेका थिए । 

    कार्यक्रममा एनसीएचएलका पूर्व अध्यक्ष सुमन जोशीाई वि.सं. २०६६ माघ १० गतेदेखि मंसिर ८, २०६८ सम्म एनसीएचएलको सञ्चालक समितिको अध्यक्षको रुपमा रहि संस्था सञ्चालनको लागि पु¥याउनु भएको अमूल्य योगदान विशेष सम्मान पत्र प्रदान गरिएको थियो । 

    एनसीएचएलमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्यका रूपमा र १०० भन्दा बढी गैर–बैंक संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका एनसीएचएलले जनाएको छ । एनसीएचएलको प्रणालीहरुबाट दैनिक औसत  ५५ अर्ब रुपैयाँ बराबरको ६ लाखभन्दा बढी भुक्तानी कारोबार हुने गरेका छन् भने गत आर्थिक वर्ष एनसीएचएलले १५,५७५ अर्ब रुपैयाँ भन्दा बढीको १२ करोड ६१ लाख भुक्तानी कारोबारहरु फछ्र्यौट गरेको थियो । भुक्तानी कारोबार संख्याको आधारमा सो संख्या ५४ प्रतिशत ले वृद्धि भएको कम्पनीले सभामा पेश गरेको विववरणमा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend