images

२०८३ आश्विन १९ गते

images
images
images

बागलुङमा २२ बालबालिका एचआईभी संक्रमित

बागलुङमा २२ बालबालिका एचआईभी संक्रमित

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • बागलुङ- बागलुङका २२ जना बालबालिका एचआइभी संक्रमित रहेको पाइएको छ। धौलागिरी पोजेटिभ समूह बागलुङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १८ वर्षभन्दा कम उमेरका १९ जना र त्यो भन्दा माथिका ३ जना गरी कुल २२ जना एचआईभी संक्रमित रहेका छन्।

    images
    images

    पोजेटिभ समूहले एचआईभी संक्रमित बालबालिकाका लागि सञ्चालन गर्दै आएको कावा कार्यक्रममा आवद्ध रहेका २२ जनामध्ये उमेर हदका कारण ३ बयस्क हुन बाँकी १९ जनालाई उक्त कार्यक्रममा आवद्ध गराइएको छ। 

    ग्लोवल फण्ड सेभ द चिल्ड्रेन एनएपीएनको सहयोगमा एचआईभी संक्रमित बालबालिकाहरुलाई सहयोग पुर्‍याउँदै आएको सो संस्थाले ती बालबालिकालाई हाल मासिक एक हजार रुपैयाँ निर्वाह सहयोग भत्ता उपलब्ध गराउँदै आएको धौलागिरी पोजेटिभ समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए।

    images
    images

    संस्थाले जिल्लास्थित सरोकारवालाको बैठकमा हाल नियमित रुपमा १९ जना बालबालिकालाई मासिक रुपमा सहयोग रकम उपलब्ध गराएको जनाएको छ। दातृ निकायको सहयोगमा नेपाल सरकारसँग समन्वय गरी हरेक जिल्लामा कावा कार्यक्रम अन्तर्गत संक्रमित बालबालिकालाई नियमित रुपमा मासिक १ हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको अध्यक्ष खत्रीले बताए।

    जिल्लामा हाल कुल २०७ जना एचआईभी संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक अधिकृत देवप्रकाश घिमिरेले बताए। संक्रमितमध्ये हाल १५२ जनाले धौलागिरि अस्पताल बागलुङमा रहेका एआटी सेन्टरबाट नियमित एआरभी औषधि प्रयोग गर्दै आएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend