images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • मादी–मर्स्याङ्दी​ करिडोर निर्माण ६ महिनापछि पुनः...

मादी–मर्स्याङ्दी​ करिडोर निर्माण ६ महिनापछि पुनः सुरु

मादी–मर्स्याङ्दी​ करिडोर निर्माण ६ महिनापछि पुनः सुरु

images
images
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • मादी–मर्स्याङ्दी​ करिडोर अन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरे पसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको ६ महिनापछि पुनःसुरु गरिएको छ। 

    images
    images

    सडक डिभिजन कार्यालय दमौलीका अनुसार निर्माण कार्य अलपत्र बनाई सम्पर्क विहीन रहेका ‘कन्ट्याक्टर’ लाई सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाएको हो । बिर्तादेखि मान्टेहटिया सम्म साढे सात किलोमिटर सडक कालोपत्रेका लागि केएस बेवीरमण तेज जेभीले २४ करोड ५५ लाख नौ हजार पाँच सय ४८ मा ठेक्का सम्झौता गरेको थियो ।  

    उक्त निर्माण कम्पनीले ०८१ असार ३० मा सम्पन्न गर्ने गरी ०७९ असार १६ मा सम्झौता गरेको सडक डिभिजन दमौलीका इन्जिनियर एवं सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए । उक्त करिडोरमा हाल सम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । 

    images
    images

    सम्पर्कमा आई तुरुन्त काम गर्नु नत्र ठेक्का तोड्ने सम्मको पत्राचार गरेपछि ‘कन्ट्याक्टर’ले बिर्ता सडकखण्डबाट कालोपत्रे कार्य अघि बढाइएको छ । ‘टायल सेक्सन’ गर्दा नबसे पछि कलेस्ती–गजौड सडक खण्डमा अहिले कालोपत्रे कार्य रोकिएको छ’, कार्कीले भने, ‘अहिले टुहुरे पसल क्षेत्रमा संरचनाको कार्य भइरहेको छ ।’ 

    मौसमले साथ नदिएकाले चैत महिना लागेपछि मात्रै कलेस्ती–गजौड सडक खण्डमा कालोपत्रे कार्य अघि बढाइने सडक डिभिजन दमौलीले जनाएको छ । उक्त करिडोर अन्तर्गत व्यास नगरपालिकाको बैरेनी, कलेस्ती गजौडे बिर्ता हुँदै भानु नगरपालिकाको १०, ११, १२ र १३ लगायतका वडा जोडिने छ । 

    निर्माण कम्पनीको लापरबाहीका कारण अहिले निर्माण सम्पन्न गर्नुपर्ने समयमा अधुरै रहँदा आम नागरिकले समस्या भोग्नुपरेको भानु नगरपालिकाका नगरप्रमुख आनन्द राज त्रिपाठीले जानकारी दिए । 

    सुगुरे भञ्ज्याङ क्षेत्रमा बनको समस्याका कारण रोकिएको छ भने सुगुरे भञ्ज्याङ देखि यता थानीमाई मन्दिर जाने मार्ग जोड्ने र मान्केहटिया सम्मको बीच भागमा पुल निर्माण गरेपनि निर्माण सम्पन्न नहुँदा सास्ती खेप्नु परेको उनले बताए । 

    मादी–मस्र्याङ्दी करिडोर अन्तर्गत पाँचसयफाँट–टुहुरे पसल खण्डका विभिन्न खोलामा निर्माणाधीन कल्र्भटमा प्रयोग गरिएको फलमका रडमा खिया लागेर नोक्सान भएको प्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । रासस   

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend