images

२०८३ आश्विन १९ गते

images
images
images
  • पूर्वाधार
  • काठमाडौँ महानगरपालिकाले चालु आ.व.को पाँच महिनामा...

काठमाडौँ महानगरपालिकाले चालु आ.व.को पाँच महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न

काठमाडौँ महानगरपालिकाले चालु आ.व.को पाँच महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न

images
images
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न गरेको छ । पाँच महिनामा ३७.३० किलोमिटर सडक कालोपत्र भएको छ ।

    images
    images

    नियमित सडक मर्मत कार्यक्रम अन्तर्गत ८ दशमलव ४० किमी, पूर्वाधार एम्बुलेन्स कार्यक्रम अन्तर्गत १० दशमलव २० किमी, धुलो रहित सडक कार्यक्रम अन्तर्गत ९ दशमलव ४० किमी र क्रमागत कार्यक्रम अन्तर्गत ९ दशमलव ३० किमी सडक निर्माण भएको हो ।काममपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेको प्रगतिका विषयमा जानकारी गराएका हुन् । सडक कालोपत्र सँगै ५ दशमलव ८० किमी सडक ढलान गरिएको उनले बताए । १ दशमलव १६ किमी ढल राख्ने, ६ दशमलव ४७ किमी सडकमा ब्लक छाप्ने र २ हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको शाक्यले जानकारी दिए । यस अवधिमा करिब रु ८८ करोडको काम सम्पन्न भएको भन्दै रु ५० करोड भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ । 

    समितिको बैठकमा छ वटा विभागका प्रमुखहरूले विषयगत समितिका संयोजकहरूको रोहवरमा अहिले सम्मको प्रगति पेस गर्दै चालु आर्थिक वर्षको बाँकी समयमा कार्यान्वयनमा लैजान नसकिने कार्यक्रम र यसको सट्टा सञ्चालन गर्न सकिने प्रस्तावित कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

    images
    images

    अहिले सम्ममा ६ वटा विभागको प्रस्तुतीकरण सकिएको छ । आज सूचना प्रविधि, सार्वजनिक निर्माण, शिक्षा, पार्क तथा हरियाली प्रवद्र्धन आयोजना र विपद् व्यवस्थापन विभागको प्रस्तुतीकरण भएको थियो । उपप्रमुख डङ्गोलले नतिजा बढाउन विभागले तर्जुमा गरेका आन्तरिक योजनाका विषयमा जानकारी मागेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले विषयगत समितिका संयोजकहरुबाट प्राप्त भएका नीतिगत र कार्यक्रम सम्बन्धी सुझावलाई कार्यान्वयनमा लैजाने बताए ।

    क्रमागत योजनाको निरन्तरता, नयाँ योजनाको स्थान, क्रमागत योजनाले नयाँ योजनालाई पार्न सक्ने प्रभावलाई विभागहरूले अभिलेखन र मापन गर्नुपर्ने, केन्द्रबाट सञ्चालन हुने कार्यक्रम तथा योजनामा वडासँग समन्वय हुनुपर्नेमा उनीहरूको जोड छ ।परामर्श सेवाबाट प्राप्त नतिजा मापन गर्नुपर्ने, श्रम बैंक र जनशक्ति परिचालनको व्यवस्थापनलाई नतिजा सँग जोड्नुपर्ने, कार्यान्वयन आएका हरेक कार्यक्रमलाई नतिजासँग जोड्नु पर्नेमा जोड दिइएको हो ।

    महानगरपालिकामा १६ (एउटा आयोजना सहित) विभाग, ३१ महाशाखा, ५५ शाखा, ४ वटा सचिवालय छन् । नगरसभा, नगर कार्यपालिका, प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विभागको सङ्गठन संरचना रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend