images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • निजी अस्पतालका सबै स्वास्थ्यकर्मीलाई सरकारीसरह पारिश्रमिक...

निजी अस्पतालका सबै स्वास्थ्यकर्मीलाई सरकारीसरह पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

निजी अस्पतालका सबै स्वास्थ्यकर्मीलाई सरकारीसरह पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरूका नर्स र स्वास्थ्यकर्मीहरूलाई सरकारीसरह सेवा सुविधा दिन निर्देशन दिँदै पत्राचार गरेको छ ।

    images
    images

    मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न पत्राचार गरेको हो । 

    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले निजी अस्पतालका स्वास्थ्यकर्मीहरूलाई सरकारीभन्दा सेवा सुविधा कम नगर्न तथा अतिरिक्त समय काम गर्नेका लागि भत्ता व्यवस्था मिलाउने गरी निर्णय गर्न निर्देशन दिएपछि सचिवस्तरीय निर्णय गर्दै पत्राचार भएको हो ।

    images
    images

    मन्त्रालयको पत्रमा न्यूनतम पारिश्रमिक तथा सुविधा नेपाल सरकार सरहभन्दा नघट्ने गरी लागू हुनुपर्ने उल्लेख छ । यसैगरी, तोकिएको भन्दा बढी काम गरेमा अतिरिक्त व्यवस्था लागू गर्न पनि भनिएको छ । यसैगरी मन्त्रालयले करार गरेर मात्र जनशक्ति राख्न तथा ज्यालादारीमा काम गराउन नपाउने निर्णय गरेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend