images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • गीतकार संघ नेपालको सम्मानमा निर शाह,...

गीतकार संघ नेपालको सम्मानमा निर शाह, विभिन्न स्रष्टा तथा कृति पुरस्कृत

गीतकार संघ नेपालको सम्मानमा निर शाह, विभिन्न स्रष्टा तथा कृति पुरस्कृत

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौं । प्रतिष्ठित कलाकार तथा गीतकार निर शाह ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’द्वारा सम्माति भएका छन् । गीतकार संघ नेपालको १७ औं वार्षिकोत्सवको सुअवसरमा आयोजित कार्यक्रममा शाहलाई नगद रु. १ लाख ५१ हजारसहित सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरिएको हो । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आइतबार साँझ आयोजित कार्यक्रममा प्रतिष्ठित गीतकार किरण खरेल र संघका अध्यक्ष वसन्त बित्यासी थापाले शाहलाई सम्मान प्रदान गरे ।विगत पाँच दशकदेखी अविचलित योगदान पूर्‍याउँदै आएका शाहको वादल बनाई देउ आकार बदल्न सकुँ, गहिराइमा डुब्दै नडुव, पर्खि बसे आउला भनि, कहिले कही हास्छु धेरै नै हान्छु, तिमीसँग डुङ्गामा घुम्छा घुम्दै फेवाताल, खुल्दैन ताल्चा त्यो ढोकाका, हिउ भन्दा चिसो, आगो भन्दा तातो, आँखैमा कसैको तस्बिर, अर्को जुनी चाहिदैन मलाई, प्यारी वसन्ती, पसिनाको जलैले लगायत गीतहरु प्रसिद्ध छन् ।

    images
    images

    कार्यक्रममा ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार नीलम आङ्बुहाङ राइलाई  नगद रु. १५,००० सहित सम्मान गरियो ।  बिदेशमा बसेर पनि नेपाली गीतिलेखनमा सक्रिय रहँदै आएकी गीतकार राईद्वारा रचित पुरानो हुँदैन माया, पानी मिठो मेरो हजुर इलाम बजारको लगायत गीतहरु कालजयी छन् ।समारोहमा बिष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ बाट यस वर्ष लोहोरङराई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ नगद रु. २५,२५२ सहित, ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान – २०८२’ बाट गीतकारद्वय सुशिला पौडेल र अरुण तिवारीलाई जनही नगद रु. १५,००० सहित, ‘गीतकार संघ नेपाल पत्रकारिता सम्मान–२०८२’बाट हिमालय टाइम्सका उपसम्पादक बरिष्ठ पत्रकार कृष्ण भुसाल नगद रु ५,५५५ सहित सम्मानित भए ।

    कार्यक्रममा यस बर्षका ‘जगतमर्दन थापा बर्ष गीति पुस्तक पुरस्कार २०८२’ कल्पना खरेलको कृति ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालको कृति ‘भोलीको आश उज्यालो प्रकाश’लाई नगद रु. ५७,००० सहित प्रदान गरियो भने भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कारबाट ५७,००० नगद सहित गीतकारद्वय डम्बर याक्सो ‘म तिम्रो नजरमा’ र प्रवल विष्ट ‘भुल्न सकिनँ’ गीतबाट पुरस्कृत भए । कार्यक्रममा गीतसंगीतका उल्लेख्य बिशिष्ट ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend