images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पदसम्बन्धी रिटमा...

पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पदसम्बन्धी रिटमा सर्वोच्चमा सुनुवाइ

पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पदसम्बन्धी रिटमा सर्वोच्चमा सुनुवाइ

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ । कर्णाली प्रदेशसभाका सदस्य एवं पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद कायम रहने कि नरहने भन्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।सोमबार न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा शर्माको रिटमाथि सुनुवाइ भइरहेको हो । शर्माको रिटलाई पहिलो प्राथमिकतामा राखेर आज सुनुवाइ हुँदैछ ।

    images
    images

    शर्माको रिटमा यसअघि २०८२ फागुन १४ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै सांसद पद यथावत् कायम राख्न आदेश दिएको थियो ।तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारमा लागेको आरोप लगाउँदै उक्त पार्टी (नेपाली कम्युनिस्ट पार्टी) को सिफारिसमा प्रदेशसभा सचिवालयले उनको सांसद पद खारेज गर्ने निर्णय गरेको थियो ।नेकपाको सिफारिसमा सांसद पद गुमेपछि शर्मा सर्वोच्च अदालत पुगेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend