images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • देशभर बाढीको जोखिम न्यून, नारायणीको जलसतह...

देशभर बाढीको जोखिम न्यून, नारायणीको जलसतह घट्दो

देशभर बाढीको जोखिम न्यून, नारायणीको जलसतह घट्दो

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूको जलसतह सामान्य अवस्थामा फर्किँदै गरेको जनाएको छ।महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार नारायणीबाहेक अन्य सबै प्रमुख र सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल पुगेको हो ।आज बिहानको मापनअनुसार नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि नै रहे पनि पानीको बहाव निरन्तर घट्दो क्रममा रहेको छ। देवघाटस्थित नारायणी नदीको मापन केन्द्रमा आज एक दिनका लागि पानीको बहावमा सामान्य घटबढ हुने तर सतर्कता अपनाउनुपर्ने पहेँलो संकेत राखिएको छ। भोलिदेखि त्यहाँ पनि अवस्था पूर्ण रूपमा सामान्य हुने पूर्वानुमान छ।

    images
    images

    महाशाखाको पाँच दिने पूर्वानुमान विवरण हेर्दा कोशी, कर्णाली र महाकाली लगायतका ठूला जलाधार क्षेत्रमा बाढीको तत्काल जोखिम देखिएको छैन। आगामी असोज १६ गतेसम्म यी नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीका विभिन्न मापन केन्द्रहरूमा पानीको बहावमा सामान्य घटबढ मात्र हुनेछ। यी सबै नदीहरूमा आजदेखि पाँच दिनसम्म जोखिम न्यून रहेको जनाउने हरियो संकेत राखिएको छ।देशका स-साना नदीहरूमा पनि तत्काल बाढीको खतरा नदेखिएको महाशाखाको भनाइ छ। महाशाखाले भनेको छ, ‘आजदेखि पर्सि असोज १४ गतेसम्म देशभरका अधिकांश स-साना नदीहरूमा बहाव सामान्य रहनेछ।’

    त्यसैगरी आज बिहानदेखि आगामी २४ घण्टाका लागि देशभर आकस्मिक बहावको जोखिम न्यून रहेको नक्सामा प्रष्ट पारिएको छ। देशैभरिका विभिन्न जिल्ला भई बग्ने स-साना नदीहरूमा फ्ल्यास फ्लड हुन सक्ने सम्भावना नरहेको भन्दै महाशाखाले पूरै देशलाई न्यून जोखिम जनाउने हरियो रङले संकेत गरेको छ।

    images
    images

    827861526_122234497454355476_5643582563935855704_n825340777_122234497388355476_6704204228909211890_n

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend