काठमाडौँ । प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग हुने करिब १ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ । प्रहरीले शनिबार काठमाडौँ महानगरपालिका वडा नम्बर–७ कुमारीगालमा जस्ताको टहरामा मदिरा उत्पादन गरेको भेटिएपछि छापा मारेर कच्चा पदार्थ नष्ट गरेको हो ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने करिब १ हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले रातोपाटीलाई बताए । कच्चा पदार्थ नष्ट गर्दा स्थानीय र जनप्रतिनिधिहरू पनि उपस्थित थिए ।




.gif)



