images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • मनकामना जाने सडकमा पहिरो, केबलकार सेवा...

मनकामना जाने सडकमा पहिरो, केबलकार सेवा भने सञ्चालनमा

मनकामना जाने सडकमा पहिरो, केबलकार सेवा भने सञ्चालनमा

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन प्रभावित भएको छ । यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा भने अहिले सञ्चालनमा ल्याइएको छ ।पहिरोका कारण सवारीसाधनलाई साविकको पार्किङ स्थलसम्म पुग्न रोक लगाइएको छ । पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ । वैकल्पिक पार्किङबाट पैदलमार्ग हुँदै मनकामना जान सकिने व्यवस्था गरिएको छ ।

    images
    images

    मौसम अनुकूल हुनासाथ सडक मर्मत कार्यलाई तीव्रता दिइने जनाइएको छ । सडकमा समस्या भए पनि भक्तजनले मनकामना पुगेर दर्शन गर्न सक्ने र केबलकार सेवा सुरक्षित रूपमा सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend