काठमाडौँ । मनाङको हिम्लुङ हिमालमा पहिरो गएर १० जना सम्पर्कविहीन भएको सूचना आएपछि स्थानीय प्रशासनले खोजीका लागि हेलिकप्टर परिचालन गरेको छ । नार्पाभूमी गाउँपालिका–५ स्थित हिम्लुङमा पहिरोका कारण १० जना सम्पर्कविहीन भएको आशङ्का गरिएको छ ।खोजीका लागि प्रभु हेलिकप्टरमा ४ जना उद्धारकर्मी पहिरो आएको क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर विनोद बोहराले बताए । उनले भने– ‘कैलाश हेलिकप्टरमार्फत थप ३ जना उद्धारकर्मी पठाउँदैछौँ ।’
पहिरोका कारण हिमाल आरोहणमा गएका १० जना सम्पर्कविहीन भएका हुन् । तर, त्यसबारे यकिन विवरण प्राप्त भइनसकेको इन्स्पेक्टर बोहराले जानकारी दिए । आरोहणमा गएकाहरुमा नेपाली नागरिकहरू मात्रै रहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।




.gif)



