images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • कुलेखानी जलाशयमा पानी बढेपछि हेटौँडा–काठमाडौं जोड्ने...

कुलेखानी जलाशयमा पानी बढेपछि हेटौँडा–काठमाडौं जोड्ने सिस्नेरी सडक बन्द

कुलेखानी जलाशयमा पानी बढेपछि हेटौँडा–काठमाडौं जोड्ने सिस्नेरी सडक बन्द

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • हेटाैँडा । अविरल वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह बढ्दा हेटौँडा– काठमाडौँ जोड्ने कुलेखानी सिस्नेरी सडक बन्द गरिएको छ । कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोबर तालमा पानीको सतह उच्च भइरहेकाले जुनसुकै बेला बाँधको ढोका खोल्नुपर्ने अवस्थाका कारण कुलेखनी सिस्नेरी सडक बन्द गरिएको हो ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै कुलेखानीको जल सतह बढ्दो क्रममा रहेकाले जलाशय भरिएर ढोका खोल्नु पर्ने परिस्थिती आउने भएकाले हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सिस्नेरी सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको जनाएको हो । कुलेखानीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सुरक्षाका मापदण्ड अपनाएर जुनसुकै समयमा पनि तालको ढोका खोल्न सकिने सूचनामा उल्लेख छ ।

    images
    images

    सम्भावित जोखिमलाई मध्यनजर गर्दै असोज ११ गते दिउँसो ४ बजेदेखि असोज १२ गते बिहान ५ बजेसम्मका लागि भैँसे–देउराली–सिस्नेरी–काठमाडौँ तथा पालुङ–सिस्नेरी–देउराली–हेटौँडा सडक खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । प्रशासनले अत्यावश्यक कामका लागि काठमाडौँ–हेटौँडा आउजाउ गर्नुपरेमा वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ ।

    त्रिभुवन राजपथमा समय तालिका लागू

    images
    images

    अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी साधनको अत्यधिक चाप बढेको छ । उक्त अवस्थालाई व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि असोज ११ देखि १३ गतेसम्मका लागि निश्चित समयतालिका निर्धारण गरेको छ ।प्रशासनका अनुसार हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारीका लागि (चौकीटोलबाट) असोज ११ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म। असोज १२ गते बिहान ४ बजेदेखि १० बजेसम्म र राति ९ बजेदेखि असोज १३ गते बिहान १ बजेसम्म, असोज १३ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म निर्धारण गरिएको छ ।काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीका लागि (सिमभञ्ज्याङ चौकीबाट) असोज ११ गते राति १० बजेदेखि असोज १२ गते बिहान १ बजेसम्म, असोज १२ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म, असोज १३ गते बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म निर्धारण गरिएको छ ।

    त्रिभुवन राजपथको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै प्रशासनले सवारीको आकार र तौलमा पनि कडाइ गरेको छ । इन्धन तथा एलपी ग्यास बोकेका सवारी साधनबाहेक मालवाहक सवारी १० चक्केभन्दा धेरै पांग्रा भएका वा १५ टनभन्दा बढी भार बोकेका मालवाहक साधनलाई पूर्ण रूपमा निषेध गरिएको छ भने यात्रुवाहक सवारीको हकमा बढीमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक सवारी साधनले मात्र त्रिभुवन राजपथ प्रयोग गर्न पाउनेछन् ।

    CamScanner 09-27-2026 1208_page-0001

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend