images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ‘गोल्डेन स्टार किड्स इन्टरनेसनल’को फाइनलमा ३०...

‘गोल्डेन स्टार किड्स इन्टरनेसनल’को फाइनलमा ३० बालप्रतिभा भिड्दै

‘गोल्डेन स्टार किड्स इन्टरनेसनल’को फाइनलमा ३० बालप्रतिभा भिड्दै

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । ‘गोल्डेन स्टार किड्स इन्टरनेसनल’मा ३० बालप्रतिभा भिड्ने भएका छन् । विश्वस्तरमा नेपाली बालप्रतिभालाई चिनाउने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगीतामा १५ जना जुनियर समूह (११ वर्षसम्म) र १५ जना सिनियर समूह (१२ देखि १६ वर्षसम्म)का प्रतियोगी छन् ।प्रतियोगीताको सेमिफाइनल शनिबार आयोजना यो । जसमा ४० प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । जसमा १० प्रतियोगी बाहिरिएपछि फाइनलमा ३० प्रतियोगी सिमित रहन पुगे । सेमिफाइनलमा डान्सतर्फ खुसी भुजेलले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा पुग्न सफल भएकी छन् भने गायनतर्फ प्राज्ञ शिवाकोटी र पपुलर च्वाइसतर्फ श्लोक शाक्य उत्कृष्ट हुँदै फाइनलमा प्रवेश गरेका छन् ।

    images
    images

    गोल्डेन स्टार किड्स इन्टरनेसनलको विशेष आकर्षण भनेको यसबाट छनोट हुने चार विजेताले टर्कीमा पुगेर नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । बालबालिकाको प्रतिभालाई राष्ट्रिय मञ्चबाट अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।प्रतियोगिताको ग्रान्ड फिनाले आगामी आइतबार (असोज १८ गते) काठमाडौंको हेरिटेज प्लाजामा आयोजना हुँदैछ । फाइनलमा प्रथम हुने प्रतियोगीले ४ लाख रुपैयाँ नगदसहित ३ लाख रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । दोस्रो हुने प्रतियोगीलाई १ लाख रुपैयाँ नगद र १ लाख रुपैयाँ बराबरको उपहार प्रदान गरिनेछ।प्रतियोगितामा गायक आनन्द कार्की, अभिनेत्री मिथिला शर्मा र अभिनेता रमेश उप्रेती निर्णायकमा रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend