images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • कुलेखानी जलाशयमा पानीको सतह बढ्दो, पहिलो...

कुलेखानी जलाशयमा पानीको सतह बढ्दो, पहिलो चेतावनी तह एक मिटर मात्रै टाढा

कुलेखानी जलाशयमा पानीको सतह बढ्दो, पहिलो चेतावनी तह एक मिटर मात्रै टाढा

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडाैँ ।  लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह बढेको छ।आइतबार बिहान ९ बजेको मापनअनुसार यहाँ पानीकाे सतह १ हजार ५२६ मिटर पुगेको छ।कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार जलाशयमा पानीको सतह अब एक मिटर बढेर १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ।वर्षा निरन्तर भइरहेकाले जलाशयमा पानीको सतह थप बढ्न सक्ने भन्दै केन्द्रले सम्बन्धित सबैलाई उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ।जलाशयको पानीको सतह चेतावनी तहभन्दा एक मिटर मात्रै तल रहेकाले कुलेखानी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

    images
    images

    नदी, खोला तथा जलाशयको तल्लो क्षेत्रमा रहेका नागरिकले जोखिमको अवस्था हेरी आवश्यक सुरक्षा सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ।कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि साइरन बजाएर पहिलो चरणको चेतावनी दिने जनाएको छ।साथै, यो सूचना सम्बन्धित सबैसम्म पुर्‍याई सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न सहयोग गर्न पनि केन्द्रले अनुरोध गरेको छ।लगातारको वर्षाका कारण जलाशयमा पानीको आगमन बढिरहेको अवस्थामा कुलेखानीको जलस्तरलाई निरन्तर निगरानीमा राखिएको छ।वर्षा र जलाशयमा पानीको आगमनको अवस्था हेरेर आवश्यकताअनुसार थप सूचना तथा सतर्कता अपनाइने केन्द्रले जनाएको छ।

    यसअघि २०८१ साल असोज दोस्रो साता भारी वर्षा हुँदा कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो।त्यसबेला बाँधको ढोका खोल्नुपर्ने स्थिति आउँदा इन्द्रसरोवर–३ स्थित सिस्नेरीबजारदेखि टेकरसम्मका विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।विगतको सोही विनाशकारी जोखिमलाई ध्यानमा राख्दै यसपटक उच्च सावधानी र आवश्यक पूर्वतयारी थालिएको स्थानीय प्रशासनले जनाएको छ।​३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइमा फैलिएको कुलेखानी जलाशय पूर्ण रूपमा भरिँदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ।मकवानपुरको उत्तरी क्षेत्रमा रहेका थाहा नगरपालिकाका दामन, पालुङ, वज्रबाराही र चित्लाङका साथै इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेल यस जलाशयका प्रमुख जलाधार क्षेत्र हुन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend