images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सेतीको बहाव बढ्दा रामघाटमा उच्च जोखिम,...

सेतीको बहाव बढ्दा रामघाटमा उच्च जोखिम, सुरक्षित स्थानमा सर्न आग्रह

सेतीको बहाव बढ्दा रामघाटमा उच्च जोखिम, सुरक्षित स्थानमा सर्न आग्रह

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • पोखरा ।  लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव निकै बढेपछि पोखरास्थित रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान सुरक्षाकर्मीले आग्रह गरेका छन् । सेती नदीमा पानीको सतह बढेर बस्ती डुबानमा पर्ने जोखिम बढेको भन्दै माइकिङ गरेर बस्ती खाली गर्न भनिएको हो ।सुरक्षाकर्मीहरूले माइकिङ गर्दै रामघाट क्षेत्रका बासिन्दालाई आफ्ना अत्यावश्यक सामान र कागजातसहित सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका छन् । ‘अविरल वर्षाका कारण सेती नदीस्थित रामघाट क्षेत्रमा पानीको बहाव बढी डुबान हुँदै गएकाले आफू र आफ्ना अत्यावश्यक सामानहरू सुरक्षित स्थानमा लैजानुहुन विनम्र अनुरोध गर्दछौँ,’ माइकिङ मार्फत भनिएको छ । 

    images
    images

    गीता मन्दिर, क्रियापुत्री भवन र लक्ष्मीनारायण मन्दिर भने सुरक्षित रहेकोले त्यसतर्फ जान सकिने प्रहरीले जनाएको छ । विगत केही दिनयताको निरन्तर वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा जलसतह खतराको विन्दुभन्दा माथि पुगेको छ । सेती नदीको तीव्र बहावका कारण नदी तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।प्रशासनले नदी किनारका सम्पूर्ण बस्तीहरूलाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी किनारमा नजान र कुनै आपतकालीन अवस्था आइपरेमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend