images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • शारदा ब्यारेजमा पानीको बहावले खतराको तह...

शारदा ब्यारेजमा पानीको बहावले खतराको तह नाघ्यो, ठूला सवारी चलाउन रोक

शारदा ब्यारेजमा पानीको बहावले खतराको तह नाघ्यो, ठूला सवारी चलाउन रोक

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । पानीको सतह एक लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सवारीसाधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

    images
    images

    पानीले खतरा तह नाघेपछि शारदा ब्यारेज हुँदै दुवै देशतर्फ आउजाउ गर्ने सवारीसाधन रोकिएका हुन् । बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भइरहेको छ । सोही कारण महाकालीमा पानीको तह उच्च हुँदै गएको छ । निरन्तरको वर्षााका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ ।मौसममा सुधार नआएपछि सोमबार बिहानसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend