images

२०८३ आश्विन १७ गते

images
images
images

अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित

अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • सङ्खुवासभा, १० असोज । अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित भएको छभने बाढी पहिरोको जोखिम पनि बढेको छ । मादी नगरपालिका–४ ओखरबोटेका विनोद निरौलाको घर र एउटा विद्यालय भवन पनि पहिरोको जोखिममा छ । 

    images
    images

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार घरमाथिबाट पहिरो खसेपछि निरौलाको पाँच जनाको परिवार विस्थापित भएको छ। 

    लगातारको वर्षासँगै चैनपुर–६ भञ्ज्याङखर्कमा पहिरो खसेपछि पाँचखपन–चैनपुरमा यातायात सेवा अवरुद्ध भएको छ । सिलिचोङ गाउँपालिका–२ को वाला माध्यमिक विद्यालय भवन पनि पहिरोको जोखिममा  छ ।

    images
    images

    जिल्ला प्रशासन कार्यालयले अरुण, वरुण, हेवा र सभा खोलाको जलसतह निरन्तर बढिरहेको जनाउँदै सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend