images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • फिल्म ‘गौँथली’ले बक्स अफिसमा कमायो २५...

फिल्म ‘गौँथली’ले बक्स अफिसमा कमायो २५ करोड ९४ लाख

फिल्म ‘गौँथली’ले बक्स अफिसमा कमायो २५ करोड ९४ लाख

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । फिल्म ‘गौँथली’ ले बक्स अफिसमा २५ करोड ९३ लाख बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण (२०८३ असोज ४ गते आइतबार राती ११ः ५९ सम्मको) मा फिल्मको कमाई २५ करोड ९४ लाख ७३ हजार ०४० ग्रस कलेक्सन रहेछ ।

    images
    images

    यो अवधिमा फिल्मलाई ९ लाख ४० हजार ९१५ जनाले हेरेका छन् । डा.कपिल रिजालको निर्देशन रहेको फिल्म गत साउन १ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना लगायत कलाकारको अभिनय छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend