images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आईएमई मोटर्सले एकै वर्ष गर्‍यो ३...

आईएमई मोटर्सले एकै वर्ष गर्‍यो ३ अर्ब ५० करोडको व्यापार

आईएमई मोटर्सले एकै वर्ष गर्‍यो ३ अर्ब ५० करोडको व्यापार

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । आईएमई मोटर्सले एकै वर्ष साढे ३ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ५० करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।२०२५ को तुलनामा २०२६ मा कम्पनीको व्यापार ७.३२ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२५ मा ३ अर्ब २६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।२०२४ मा २ अर्ब ३४ करोड ७० लाख, २०२३ मा १ अर्ब ७५ लाख १० लाख, २०२२ मा ३ अर्ब १४ करोड रुपैयाँको व्यापार गरेको थियो ।सन् २०२५ मा ३९ प्रतिशतले बढेको कम्पनीको व्यापार गत आवमा ७ प्रतिशतले बढेको हो । ‍यसले कम्पनीको व्यापारमा केही दवाव भएको देखाउँछ ।

    images
    images

    कम्पनीको पछिल्लो दुई वर्षदेखि पुँजीगत संरचनामा सुधार आएको छ । गत आवमा कम्पनीको कुल डेब्ट र टान्जिवल नेटवर्थको अनुपात २.३ गुणा तथा कुल बाह्य दायित्व २.४ गुणा रहेको छ । कम्पनीको व्याज कभरेज अनुपात २.६ गुणा र कर्जा सेवा कभरेज अनुपात १.९ गुणा रहेको छ ।आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई मोटर्सको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् । ढकालको नेतृत्वमा रहेको यो कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ४२ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ ।कम्पनीले १ अर्ब ३० करोड ९० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि एलबी प्लस र १ अर्ब ११ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ प्राप्त गरेको छ ।सन् २०१० मा स्थापना भएको आईएमई मोटर्स हिन्दुजा ग्रुपको कमर्सियल गाडी निर्माता अशोक लेल्यान्डको नेपालको लागि आधिकारिक विक्रेता हो ।

    कम्पनीले अशोक लेल्यान्डको बस, इन्टरमिटियट व्यवसायिक सवारी साधन, लाइट व्यवसायिक साधन, मध्यम व्यवसायिक सवारी साधन, ट्रक र टिपर लगायत सबै सम्पूर्ण व्यवसायिक सवारी साधनको बिक्री गर्दै आएको छ ।सुरुमा कम्पनी डिसहोमको डिलरसीपको रुपमा एलटी इन्टरप्राइजेज प्रालिबाट सञ्चालन भएको थियो । सन् २०१७ मा भने नाम परिवर्तन गरी आईएमई मोटर्स प्रालिमा दर्ता भएको थियो । कम्पनीले अशोक लेल्यान्डको डिलरसीप भने सन् २०१५ मा सुरू गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend