images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपीडितका लागि इनड्राइभको सवा ७...

भोटेकोशी बाढीपीडितका लागि इनड्राइभको सवा ७ करोड सहयोग

भोटेकोशी बाढीपीडितका लागि इनड्राइभको सवा ७ करोड सहयोग

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ। इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ योगदान गरेको छ।उक्त सहयोग रकम बुबधार इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।गत भदौ १० मा नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

    images
    images

    विपद्का कारण जनधनको क्षतिसँगै घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्त्वपूर्ण सार्वजनिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ । बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्य जारी रहेका छन् भने बेपत्ता व्यक्तिहरूको खोजीसमेत निरन्तर भइरहेको छ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहतसमेत पुर्‍याएको छ । यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइएको छ ।प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend