images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ‘टक्सिक’को कमाइमा लगातार गिरावट, १४औँ दिन...

‘टक्सिक’को कमाइमा लगातार गिरावट, १४औँ दिन ६९ लाख भारु मात्र

‘टक्सिक’को कमाइमा लगातार गिरावट, १४औँ दिन ६९ लाख भारु मात्र

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • नयाँ दिल्ली । कन्नड सुपरस्टार यशको फिल्म ‘टक्सिकः ए फेयरी टेल फर ग्रोन–अप्स’ प्रदर्शनमा आएको दुई साता पूरा भएको छ । अगस्ट २६ मा रिलिज भएको एक्सन–थ्रिलर ग्याङ्स्टर फिल्मले पहिलो दिन १०१ करोड १० लाख भारुको शानदार ओपनिङ गरे थियो । यो फिल्मबाट मेकरहरूले निकै आशा गरेका थिए । तर तर त्यसपछि भने फिल्मको कमाइ लगातार घटिरहेको छ ।सैकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्टअनुसार फिल्मले भारतमा १४औँ दिन अर्थात् दोस्रो मंगलबार करिब ६९ लाख भारु मात्रै नेट कलेक्सन गरेको छ । दोस्रो सोमबार फिल्मले ७५ लाख रुपैयाँ कमाएको थियो । यसअनुसार मंगलबारको कमाइमा करिब ८ प्रतिशत गिरावट आएको छ ।टक्सिकको भारतमा कुल नेट कलेक्सन करिब २४७ करोड १९ लाख भारु पुगेको छ । भारतमा फिल्मको ग्रस कलेक्सन करिब २९५ करोड २ लाख भारु रहेको छ । त्यस्तै, विदेशबाट फिल्मले करिब ४३ करोड ३० लाख भारु कमाएको छ । यससँगै टक्सिकको विश्वव्यापी ग्रस कलेक्सन करिब ३३८ करोड ३२ लाख भारु पुगेको छ ।

    images
    images

    कन्नडभन्दा हिन्दी संस्करणमा अकुपेन्सी बढी

    १४औँ दिन कन्नड र हिन्दी संस्करणको कमाइमा पनि फरक देखिएको छ । कन्नड संस्करणले ४७ लाख भारु कमाउँदा हिन्दी संस्करणले २२ लाख भारु मात्रै कमाएको छ । तर अकुपेन्सीको हिसाबले भने हिन्दी संस्करण अगाडि छ । कन्नड संस्करणको कुल अकुपेन्सी १६ दशमलव ५२ प्रतिशत रहँदा हिन्दी संस्करणको २९ दशमलव ६० प्रतिशत पुगेको थियो । हिन्दी संस्करणका रातिका शोमा सबैभन्दा बढी ३५ दशमलव ७७ प्रतिशत अकुपेन्सी देखिएको थियो ।गीतु मोहनदासको निर्देशन रहेको टक्सिकको कथा भारत स्वतन्त्र भएपछि गोवाको पृष्ठभूमिमा आधारित छ । फिल्ममा यश ग्याङ्स्टरको भूमिकामा देखिएका छन् । फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया र रुक्मिणी वसन्तको अभिनय छ । फिल्मको कथा गीतु मोहनदास र यशले संयुक्त रूपमा लेखेका हुन् । यश फिल्मका सह–निर्माता पनि हुन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend