images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बाढीपीडितका लागि होटल याक एण्ड यतीको...

बाढीपीडितका लागि होटल याक एण्ड यतीको १ करोड १ लाख सहयोग

बाढीपीडितका लागि होटल याक एण्ड यतीको १ करोड १ लाख सहयोग

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ। दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ।विपद्को यो कठिन परिस्थितिमा प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको जानकारी होटलले दिएको हो । होटलका निर्देशक अरुण कुमार सर्राफ, उनकी आमा रत्ना देवी सर्राफ र भाइ उमेश सर्राफसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको छ।

    images
    images

    होटल याक एण्ड यतीका साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी, काठमाडौँ) का समेत सञ्चालक रहेका व्यवसायी अरुण कुमार सर्राफले भने, ‘प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गरिएको यो सहयोगले केही राहत पुग्ने विश्वास लिएको छु, आवश्यकता अनुसार आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिइनेछ।’काठमाडौँको दरबारमार्गमा रहेको होटल याक एण्ड यती नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको पुरानो र प्रतिष्ठित संस्थान हो। ऐतिहासिक लाल दरबारलाई समेटेर निर्माण गरिएको यो होटल सन् १९७७ देखि निरन्तर सञ्चालनमा छ। राणाकालीन वास्तुकला, प्राचीन कलाकृति र ऐतिहासिक संरचनाको जगेर्ना गर्दै आधुनिक आतिथ्य सेवासँग संयोजन गरिएकाले यो होटल नेपालको कला, वास्तुकला र सम्पदाको पहिचानसँग प्रत्यक्ष जोडिएको छ।

     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend