images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नेपालका बाढीपीडितका लागि युएईको चौथो राहत...

नेपालका बाढीपीडितका लागि युएईको चौथो राहत विमान, ३८ टन सामग्री

नेपालका बाढीपीडितका लागि युएईको चौथो राहत विमान, ३८ टन सामग्री

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले करिब ३८ टन राहत सामग्री नेपाल पठाएको छ । मानवीय हवाई सहायता अभियानअन्तर्गत राहत सामग्रीसहित चौथो राहत विमान नेपाल पठाएको हो ।  विमानमा ५०० वटा पाल र १०८ वटा राहत प्याकेज समावेश गरिएको एक विज्ञप्तिमा जनाएको छ । योसँगै नेपाललाई हवाई मार्गबाट पठाइएको युएईको कुल सहायता १८६ टन पुगेको जारी विज्ञप्तिमा जनाइएको छ । सामग्रीमा खाद्यान्न, आश्रय, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक राहत र लजिस्टिक सामान रहेका छन् ।

    images
    images

    प्रभावित क्षेत्रमा सहायता छिटो पुर्‍याउन नेपाली अधिकारीहरूसँग समन्वय गरी स्थानीय बजारबाट पनि आवश्यक सामग्री उपलब्ध गराइने तयारी गरिएको विज्ञप्तिमा जनाइएको छ । साथै, दुबई प्रहरीको खोज तथा उद्धार टोलीले अत्याधुनिक उपकरण र प्रविधि प्रयोग गर्दै बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा कार्य जारी राखेको समेत जनाइएको छ ।युएई राहत अभियानका प्रमुख डा. हम्मूद अल अफारीको नेतृत्वमा यो अभियान सञ्चालित रहेको जनाइएको छ । पूर्वसांसद राजेन्द्र बजगाईंले युएईले उपलब्ध गराएको यो सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend