images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बाढीपीडितका लागि सेकुवा बाई किलोको २०...

बाढीपीडितका लागि सेकुवा बाई किलोको २० लाख ११ हजार सहयोग

बाढीपीडितका लागि सेकुवा बाई किलोको २० लाख ११ हजार सहयोग

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । लोकप्रिय रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले हालैको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि २० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।कम्पनीले भदौ १६ गते (सेप्टेम्बर १) आफ्ना कलंकी, झम्सिखेल, दरबारमार्ग, लाजिम्पाट र बाँसबारीस्थित पाँचवटै आउटलेटको १०० प्रतिशत बिक्री रकम बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेको थियो ।त्यससँगै कम्पनीका सबै कर्मचारीले एक दिनको तलब तथा बोर्ड सदस्यहरूले जनही १ लाख रुपैयाँ योगदान गरेका थिए । यसरी संकलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रत्यक्ष हस्तान्तरण गरिएको थियो ।

    images
    images

    उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ ।बाढीपीडितको राहतका लागि गरिएको उक्त सहयोगमा सेकुवा बाई किलोका ग्राहक, कर्मचारी तथा व्यवस्थापनको समेत सहभागिता रहेको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend