images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • सुख्खा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध,...

सुख्खा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध, ३५ सवारीसाधन रोकिए

सुख्खा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध, ३५ सवारीसाधन रोकिए

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं ।  कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लुको खोलामा सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबार राति करिब ९ः१० बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग ठप्प भएको हो। पहिरोका कारण तल्लो डुङ्गेश्वरबाट कालिकोटतर्फ जाँदै गरेका पाँच र कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेका ३० गरी कम्तीमा ३५ वटा सवारीसाधन तथा यात्रुहरू  बाटोमै रोकिएका छन्।पहिरो खसेलगत्तै प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउनुका साथै यात्रु तथा सवारीसाधनको सहजीकरण गरिरहेको जनाएको छ।

    images
    images

    पहिरो पन्छाउन सडक विभागसँग समन्वय गरी एक्सकाभेटर तयारी अवस्थामा राखिएको भए पनि माथिबाट निरन्तर पहिरो खसिरहेका कारण तत्काल सडक खुलाउने काम सुरु गर्न नसकिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुरक्षाको अवस्था अनुकूल भए बुधबार   बिहान ६ बजेबाट पहिरो पन्छाउने काम सुरु गरी राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend