images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • नेपाललाई चीनद्वारा चौथो किस्ताको राहत...

नेपाललाई चीनद्वारा चौथो किस्ताको राहत सामग्री हस्तान्तरण

नेपाललाई चीनद्वारा चौथो किस्ताको राहत सामग्री हस्तान्तरण

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । चीन सरकारद्वारा उपलब्ध गराइएको चौथो किस्ताको आपतकालीन राहत सामग्री आज (सेप्टेम्बर ८, २०२६) अपरान्ह काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना (PLA) को वायुसेनाको ‘Y-20A’ विशाल ट्रान्सपोर्ट विमानमार्फत उक्त सामग्री नेपाल ल्याइएको हो।विमानस्थलमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री हस्तान्तरण समारोहमा सहभागिता थियो।

    images
    images

    यस पटकको चौथो किस्तामा प्राप्त राहत सामग्रीहरूमा उद्धारमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलस स्टिलका ‘पर्मानेन्ट म्याग्नेट’ फ्लड पम्प, स्पेयर ब्याट्री, मर्चुअरी फ्रिजर र सोलार बत्तीहरू रहेका छन्। नेपालको तत्कालीन र अत्यावश्यक आवश्यकतालाई ध्यानमा राखेर पठाइएका यी सामग्रीहरूले विपद् प्रभावित क्षेत्रको आपतकालीन उद्धार तथा त्यसपछिका कार्यहरूमा ठूलो सहयोग पुर्याउने विश्वास लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend