images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बाढीपहिरो प्रभावितका लागि वर्ल्डलिंकको १ करोड...

बाढीपहिरो प्रभावितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

बाढीपहिरो प्रभावितका लागि वर्ल्डलिंकको १ करोड १ लाख सहयोग

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।हालै नेपालका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    images
    images

    वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत क्षति पुगेको कम्पनीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार कम्पनीले करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष क्षति व्यहोरेको छ ।आफ्नै पूर्वाधारमा ठूलो क्षति भए पनि कम्पनीले प्रभावित क्षेत्रमा इन्टरनेट सेवा लामो समय अवरुद्ध हुन नदिन बाढी आएको तीन दिनभित्रै नेटवर्क पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको दाबी गरेको छ ।सडक तथा विद्युत् पूर्वाधारमा समेत समस्या उत्पन्न भएको अवस्थामा वर्ल्डलिंकका प्राविधिक तथा सम्बन्धित टोली प्रभावित क्षेत्रमा नेटवर्क मर्मत र पुनःस्थापनामा खटिएको कम्पनीले जनाएको छ ।विपद्को समयमा इन्टरनेट तथा सञ्चार सेवा सूचना आदानप्रदान, उद्धार, राहत र आपत्कालीन समन्वयका लागि महत्वपूर्ण हुने भएकाले सेवा निरन्तर राख्नुलाई समेत कम्पनीले आफ्नो जिम्मेवारीका रूपमा लिएको जनाएको छ ।वर्ल्डलिंकले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा सहयोग गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार यसपटक आफ्नै संरचनामा क्षति पुगे पनि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिएको हो ।कम्पनीले उक्त सहयोगले बाढी तथा पहिरो प्रभावितको तत्कालीन राहतसँगै पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा योगदान पुग्ने अपेक्षा गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend