images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • नेपाल भलिबल लिगको पहिलो दिनको टिकटबाट...

नेपाल भलिबल लिगको पहिलो दिनको टिकटबाट उठेको ५.९० लाख बाढीपीडितलाई

नेपाल भलिबल लिगको पहिलो दिनको टिकटबाट उठेको ५.९० लाख बाढीपीडितलाई

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । केडिया ग्रुपको आयोजना भइरहेको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)को पहिलो दिनको टिकट बिक्रीबाट सङ्कलन भएको ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । नेपाल भलिबल लिग सुरु हुन अघि नै आयोजकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पीडितको उद्धार, उपचार र पुनर्स्थापनाको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्रीबाट सङ्कलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियौँ । सोही प्रतिबद्धता अनुरूप ५ लाख ९० हजार १ सय ५० रुपैयाँ कोषमा जम्मा गरिएको हो ।

    images
    images

    केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई मंगलबार सिंहदरबार हस्तान्तरण गरे।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend