काठमाडौं । भाटभटेनी सुपर मार्केटको धरानस्थित स्टोर भोलि (बुधबार)देखि पुनः सञ्चालनमा आउने भएको छ ।धरानको पुतली लाइनमा रहेको भाटभटेनी सुपर स्टोर २०८३ भदौ २४ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको कम्पनीले जनाएको छ ।स्टोर पुनः सञ्चालनमा आउने अवसरमा भाटभटेनीले ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरेको छ ।कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा समेत ग्राहक तथा सरोकारवालाबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताएका छन् ।




.gif)



